राजनीति/ समाज
जसपाले बृहत् सांस्कृतिक कार्यक्रम गर्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम आगामी फागुन १२ गते शनिबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने भएको हो । कार्यक्रममा पहिचानजनित प्रस्तुतीहरु हुने बताइएको छ...
यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक विभिन्न निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्ति वापतको २ करोड १० लाख रुपैयाँ थप बजेट विनियोजन गर्ने निर्णय गरेको आर्थिक...
संगठन विस्तार अभियान सम्पन्न गर्न नेता तथा कार्यकर्ता परिचालन
मकवानपुर । एकीकृत समाजवादी पार्टी मकवानपुरको नवौँ सचिवालय बैठकले संगठन विस्तार अभियान सम्पन्न गर्न नेता तथा कार्यकर्ता परिचालन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले संगठन तथा सदस्यता विस्तार अभियान २०८० कार्यान्वयन तथा माघ २५ गतेदेखि चैत २५ गतेसम्म दश वटै पालिकामा अभियान सम्पन्न गर्न...
बागमती प्रदेशः विश्वविद्यालयको विधान स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदले प्रदेश विश्वविद्यालय स्थापनाका लागि विधान स्वीकृत गरेको छ । बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश उच्च शिक्षा ऐन २०७८ बमोजिम विश्वविद्यालय स्थापना तथा संचालनको विधान स्वीकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले जानकारी दिए ।...
एमालेका ६० प्रतिशतले सदस्यता नवीकरण गरेनन्ः तुलाधर
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव एवम् बागमती प्रदेश इञ्चार्ज डा. गंगालाल तुलाधरले नेकपा एमालेका संगठित सदस्यमध्ये ६० प्रतिशत सदस्यले सदस्यता नवीकरण नगरेको बताएका छन् । एकीकृत समाजवादी पार्टी मकवानपुरको नवौँ सचिवालय बैठकलाई हेटौंडामा सम्बोधन गर्दै इञ्चार्ज तुलाधरले पार्टीभित्र बढिरहेको विकृति र बदमासी गर्नेहरुलाई दिइएको संरक्षणले इमान्दार कार्यकर्ता...
बागमती प्रदेशसभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री बहादुर सिं लामाले जानकारी...
राप्रपाले आजबाट जनप्रदर्शनका कार्यक्रम गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजबाट जनआन्दोलनको कार्यक्रम गर्दैछ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो । आजबाट काठमाडौंसहित देशभरका विभिन्न...
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । मंगलबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको हो । बैठक आज बिहान १० बजेबाट सुरु हुनेछ । बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुनेछ । एमाले...
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान
पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आहवान गरिएको छ । बैठक यही फागुन १६ गते बस्ने गरी आह्वान गरिएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद बैठकको सिफारिसमा हिउँदे अधिवेशन आह्वान गरेका हुन् । बैठक फागुन १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवलयले जनाएको छ ।...









