जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी आह्वान गरिएको हो ।
जसपाले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
