कांग्रेस महासमिति बैठक सकियो
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिएको छ । गत फाागुन ७ गतेबाट सुरु भएको महासमिति बैठक चार दिन पश्चात आज सम्पन्न भएको हो ।
बैठक ललितपुरको गोदावरीमा भएको भएको हो । उक्त बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् ।
त्यस्तै, बैठकले तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहँदै, किसान, सहकारी बचतकर्ता, लघुवित्त पीडितको पीडालाई समाधान गरी न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको जनाइएको छ ।
