खेलकुद
ए डिभिजन लिग : मनाङले च्यासलसंग प्रतिस्पर्धा गर्दै
काठमाडौं ३ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले आज च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज साढे २ बजे सुरु हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको मनाङले च्यासलसँग खेल्न लागेको हो ।
ईपीएल क्रिकेट : आज काठमाडौं र ललितपुर भिड्दै
काठमाडौं ३ पौष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा...
नेपाली क्रिकेटर सञ्जम र हसिम कतारतर्फ प्रस्थान
काठमाडौं २ पौष । नेपाली क्रिकेट खेलाडी सञ्जम रेग्मी र हसिम अन्सारी कतारको राष्ट्रिय दिवस (नेसनल डे) को उपलक्ष्यमा क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्जम र हसिमलाई कतारको निमन्त्रणामा पठाएको उल्लेख गरेको छ । कतार क्रिकेट...
ए डिभिजन लिग : आजको पहिलो खेलमा एनआरटी पराजित
काठमाडौं २ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्बलसँग एनआरटी १–० गोलअन्तरले पराजित भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे । जितसँगै हिमालयन शेर्पा क्लबले...
ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने
काठमाडौं २ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । त्यस्तै, आजै...
‘ए’ डिभिजन लिगको आजदेखि आठौं चरण शुरु, पहिलो खेलमा सरस्वती क्लब विजयी
काठमाडौँ, २७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि आठौँ चरणको खेल शुरु भएको छ । आठौं चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो...
इपिएल प्लेअफमा पु्ग्ने पहिलो टोली बने भैरहवा
काठमाडौँ, २६ मङ्सिर । भैरहवा ग्लाडियटर्स तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको...
राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु
काठमाडौँ, २६ मङ्सिर । पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३...
‘ए’ डिभिजन लिग फुटबल प्रतियोगीतामा ब्रिगेड ब्वाइज पराजित
काठमाडौँ, २४ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा टंक बस्नेत नायक बने । उनले...
इपिएल अन्तरगत आजको पहिलो खेलमा चितवन पराजित
काठमाडौँ, २४ मङ्सिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन पराजित भएको छ । काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको हो । अहिले दास्रोे खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।




