ए डिभिजन लिग : बीबीसी र पुलिसको खेल बराबरी
काठमाडौं ४ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को खेल बराबरी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिस र बीबीसी १–१ गोलले बराबर भएका हुन् ।
बीबीसीविरुद्ध पुलिसले निकै फितलो प्रदर्शन र्गयो । सुरुवाती समयमै गोल खाएको पुलिसले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बराबरीसँगै पुलिसले ९ खेलबाट १५ अंक बनाएको छ । यता, बीबीसीको भने ९ खेलबाट पाँच अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।
