ए डिभिजन लिग : दशौं चरणका खेल शुरु, आज तीन खेल हुँदै
काठमाडौं ६ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज देखि १० औं चरणको खेल शुरु भएको छ । दशौं चरणको खेलमा आज तीन खेल हुँदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजेदेखि पहिलो खेलमा सस्वती युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
लिगको नवौं स्थानमा रहेको सरस्वतीको ९ खेलबाट १० अंक रहेको छ । मच्छिन्द्रको भने ९ औं खेलबाट ३ अंक मात्रै छ ।
त्यस्तै, आजै साढे २ बजे शुरु हुने दोस्रोे खेलमा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
लिगको छैटौ स्थानमा रहेको हिमालयन शेर्पाको नवौं खेलबाट १४ अंक छ । फ्रेन्ड्सको भने पाँच अंक रहेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा आजै हुने खेलमा जावलाखेल युथ क्लबले एनआरटीसँग प्रतिस्पर्धा गर्दैछ ।
