‘ए’ डिभिजन लिग फुटबलमा एपिएफको चौथो जित

तु खबर संवाददाता
२०७५ पुष ३, मंगलवार १४:२९
file-photo

काठमाडौँ, ३ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै चौथो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ ।