खेलकुद
विश्वकपमा आजः फ्रान्स र मोरक्को क्वार्टरफाइनलमा
साविक उपविजेता फ्रान्स र अफ्रिकन टोली मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अमेरिकामा भइरहेको राउन्ड अफ १६ का आ–आफ्ना खेलमा जित निकाल्दै यी दुई टोलीले अन्तिम आठको भेट पक्का गरेका हुन्। अब सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच खेल हुनेछ। यसअघि सन् २०२२ को विश्वकप सेमिफाइनलमा...
लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बने मेसी
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। टेक्ससको डल्लास स्टेडियममा आइतबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै तीन खेलबाट ९ अंक जोड्यो। जोर्डन भने लगातार...
विश्वकप २०२६ – उरुग्वेसँग केप भर्डेको बराबारी
केप भर्डेले जारी फिफा विश्वकप २०२६ मा यस अघि दुई पटक विश्वविजेता रहेको उरुग्वेलाई बराबरीमा रोकेको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको हो । यस अघि स्पेनसँग पनि बराबरीमा खेलेको यो टिमले अहिले विश्वकपमा निकै चर्चा पनि कमाइरहेको छ ।...
घरेलु भूमिमा ३२ वर्षपछि विश्वकप खेलेको अमेरिकाको शानदार शुरुआत
विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ गोलको सानदार जित हासिल गरेको छ। अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो। अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गर्दै टोलीको...
विश्वकप निःशुल्क स्ट्रिमिङ गर्ने तयारीमा रहेका ३५ प्लेटफर्म बन्द हुँदै
नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै अनधिकृत स्ट्रिमिङ रोक्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो। सूचना तथा सञ्चार...
फिफा विश्वकप फुटबल आजदेखि सुरुः तीन देशका १६ सहरमा १०४ खेल हुने
न्युयोर्क, अमेरिका । विश्व खेलकुदकै सबैभन्दा ठुलो उत्सव ‘फिफा विश्वकप फुटबल २०२६’ आजदेखि सुरु हुँदैछ। इतिहासमै पहिलो पटक उत्तर अमेरिकी महादेशका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा यसपटकको महाकुम्भ आयोजना गर्दैछन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र विश्वभरका फुटबल प्रेमीहरूलाई स्वागत गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको...
अमेरिकाविरुद्ध नेपालको शानदार जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । नेपाली ओपनर कुशल भुर्तेलको १२० रनको योगदानमा नेपालले अमेरिकामाथि बलियो जित निकालेको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४३ ओभरमा लक्ष्य पूरा गरेको हो । अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक...
प्रतिस्पर्धात्मक खेलमा यूएईलाई हराउँदै नेपालद्वारा ६ रनले विजयी
यूएईलाई ६ रनले हराउँदै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग -२ मा विजयी भएको छ । निकै रोमाञ्चक खेलमा झिनो रनले नेपाल विजयी भएको हो । आज भएको भारी वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाएको थियो । यूएईका...
दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै न्युजिल्याण्ड फाइनलमा
ओपनर फिन एलेनको ऐतिहासिक र विस्फोटक शतकको मद्दतले न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार कोलकाताको इडेन गार्डेन्समा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनल पुगेको हो । दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्यलाई न्युजिल्यान्डले मात्र १२.५ ओभरमा १ विकेट...
राष्ट्रिय टोलीकी कप्तान साम्बाको उपचार केएमसीले निःशुल्क गर्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको उपचार काठमाडौँ मेडिकल कलेजले निशुल्क गर्ने भएको छ। केही समयअघि कतारको अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी साम्बाको ग्राफ्ट र एमसिएल मा पुनः गम्भीर समस्या देखिएपछि दोहोर्याएर शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। उपचारका लागि करिब ८० हजार अमेरिकी डलर...









