अमेरिकाविरुद्ध नेपालको शानदार जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले अमेरिकामाथि शानदार जित हासिल गरेको छ ।
नेपाली ओपनर कुशल भुर्तेलको १२० रनको योगदानमा नेपालले अमेरिकामाथि बलियो जित निकालेको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४३ ओभरमा लक्ष्य पूरा गरेको हो । अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए ।
निर्धारित ५० ओभरको खेलमा ४४ औँ ओभरमा १९५ रनमा अलआउट भएको अमेरिकाविरुद्ध नेपालले ९ विकेटको जित निकालेको हो । नेपाली उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्शन झाले एक–एक विकेट लिएका थिए भने दुई विकेट रनआउटमार्फत प्राप्त भएको थियो ।
अब अर्को खेल नेपालले सोमबार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।
