ए डिभिजन लिग : आर्मी र थ्रीस्टार भिड्दैं
काठमाडौं ४ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभागीय टिम आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिमलाई जित अपरिहार्य रहेको छ ।
लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ८ खेलबाट २१ अंक रहेको छ । लिगको चौथो स्थानमा रहेको आर्मीको भने ८ खेलबाट १७ अंक मात्रै रहेको छ ।
