खेलकुद
नेपाली कराते टोली आज भारत प्रस्थान
काठमाडौँ, ११ पौष । प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनशिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको पश्चिम बङ्गाल प्रस्थान गरेको छ । यही पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमुनि रमेश दनुवार र गोपाललाल सिंह र महिला खुला तौलसमूहमा मञ्जु विकले प्रतिस्पर्धा गर्ने...
ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी
काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको ११ औं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको ४६ औँ मिनेटमा विदेशी...
चितवनमा १५ औं हात्ती महोत्सव आजदेखि शुरु
भरतपुर, ११ पौष । १५ औं चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन महोत्सवको मुख्य उद्देश्य रहेको...
‘ए’ डिभिजन लिग : चार दिनको विश्रामपछि एघारौँ चरणका खेल शुरु
काठमाडौँ, ११ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११ औँ चरणका खेल आजदेखि शुरु हुुँदैछ । चार दिनको विश्रामपछि ११ औँ चरणका खेल आजदेखि शुरु भएको हो । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्काे खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच...
हेटौंडामा प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ आजदेखि शुरु
हेटौंडा ११ पौष । मकवानपुरको हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा आजदेखि प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ शुरु हुँदैछ । नेपाल लोकतान्त्रिक खेलकुद महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ हुन लागेको हो । प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ को आज हुने पहिलो खेलमा हेटौंडा–५ र १५...
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन
काठमाडौं १० पौष । भारतको मुम्बइमा ७ र ८ पुसमा भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बनेको हो । स्वर्ण जित्ने क्रममा...
हेटौंडाका फुटबल खेलाडी धनगढी प्रस्थान
हेटौंडा ९ पौष । हेटौंडाका फुटबल खेलाडीहरु आइतबार धनगढी प्रथान गरेका छन् । धनगढी र रंगशालामा आजदेखि शुरु हुन लागेको फार वेस्ट कप फुटबल प्रतियोगीताको लागी हेटौंडा एकेडेमीका फुटबल प्रशिक्षक भिम लामा र अन्य १४ जना खेलाडीहरु धनगढी प्रस्थान गरेका हुन् । आज सोमबारदेखि प्रतियोगीता शुरु भए पनि हेटौंडाको...
‘ए’ डिभिजन लिग : आर्मी क्लब पराजित
काठमाडौँ, ८ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित...
हेटौंडामा खुल्ला दौडको प्रतियोगीता, दौडको उपाधी सेनाका कार्की
हेटौँडा, ७ पौष । हेटौँडामा आज १० किलोमिटर खुल्ला दौडको प्रतियोगीता भएको छ । मदन भण्डारी स्र्पाेट्स एकेडेमी, हेटौँडा उपमहानगर कमिटिको आयोजनामा एकेडेमीको स्थापना वर्षको अवसरमा दौड प्रतियोगीता भएको हो । उक्त दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका मिलन कार्कीले जितेका छन् । निर्धारित दुरी १० किलोमिटर दुरी ३६ मिनेट...
महिला भलिबल प्रतियोगीमा मकवानपुर बहुमुखी क्याम्पस पराजित
हेटौँडा, ६ पौष । मदन भण्डारी स्पोर्ट्स एकेडेमी हेटौँडा क्याम्पसको आयोजनमा भएको नगर स्तरीय प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस पराजित भएको छ । हेटौंडा क्याम्पसले २५–२१ तथा २५–१९ मा मकवानपुर बहुमुखी क्याम्पसलाई पराजित गरेको हो । बिजयी तथा उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेता तथा...





