हेटौंडामा खुल्ला दौडको प्रतियोगीता, दौडको उपाधी सेनाका कार्की
हेटौँडा, ७ पौष । हेटौँडामा आज १० किलोमिटर खुल्ला दौडको प्रतियोगीता भएको छ । मदन भण्डारी स्र्पाेट्स एकेडेमी, हेटौँडा उपमहानगर कमिटिको आयोजनामा एकेडेमीको स्थापना वर्षको अवसरमा दौड प्रतियोगीता भएको हो ।
उक्त दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका मिलन कार्कीले जितेका छन् । निर्धारित दुरी १० किलोमिटर दुरी ३६ मिनेट ५४ सेकेन्डमा पुरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।
उपाधीसँगै उनले नगद १० हजार तथा मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोश्रो स्थान पनि सेनाकै राजन तामाङ भए । उनले निर्धारित दुरी ३६ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै नगद ७ हजार तथा मेडल प्राप्त गर्दा तेश्रो स्थान भने धर्म महर्जनले ३७ मिनेट ३६ सेकेन्डमा पुरा गर्दै नगद ५ हजार तथा मेडल प्राप्त गरे ।
