‘ए’ डिभिजन लिग : आर्मी क्लब पराजित
काठमाडौँ, ८ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६ औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५ औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे ।
आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६ औँ मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी क्लब पराजित बन्यो । यो आर्मीको लिगमा दोस्रो हार हो ।
जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ ।
