खेलकुद

टी–२० क्रिकेट : नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत

काठमाडौँ, २८ पौष । थाइल्याण्डमा शुरु भएको महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा...

महिला टी–२० क्रिकेटमा आज नेपाल र चीनबीचको खेल हुँदै

काठमाडौँ, २८ पौष । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल शुरु भएको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका थिए । उपाधि जित्ने...

महिला क्रिकेट शनिबारदेखि सुरु, उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पौष । थाइल्याण्डमा हुने महिला टि–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित...

सरकारले प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने

काठमाडौँ, २६ पौष । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । स्थानीय तह देखिनै योजनाबद्ध...

टी–२० सिरिजको लागि बन्द आजदेखि प्रशिक्षण शुरु

काठमाडौँ, २५ पौष । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित बसन्त रेग्मी, भीम...

लनटेनिस टोली आज थाइल्याण्ड प्रस्थान

काठमाडौँ, २१ पौष । नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् । एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय आज थाइल्याड प्रस्थान गरेका हुन् । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन पुरुष/तीन महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछ...

राष्ट्रिय महिला भलिबल पौषको अन्तिम सातामा

काठमाडौँ, २० पौष । न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पौषको अन्तिम सातामा हुने भएको छ । यही पौष २५ गतेदेखि पौष २८ गतेसम्म हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र...

‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ, २० पौष । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पौष २१, २२ २३ र २४ गते सञ्चालन हुने छन् । अन्तिम चरणको खेलअन्तर्गत...

बुम महिला बास्केटबल शनिबारदेखि

काठमाडौं २० पौष । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेशनल क्रिएटिभ को–एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिए । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट...

हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने

हेटौंडा २० पौष । मकवानपुरको हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने भएको छ । जिल्ला खेलकुद विकास समिती मकवानपुर र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म हेटौंडा प्रथक उपमेयर भलिबल प्रतियोगीता हुन लागेको हो । उपमेयर प्रतियमेगीतामा पुरुषतर्फ १४ र...