खेलकुद
प्रधानमन्त्री ओलीद्वारा क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितलाई बधाई
काठमाडौँ, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले...
वर्षाका कारण ढोरपाटन क्लबको भलिबल खेल रद्द
काठमाडौँ, ९ माघ । उपत्यकामा वर्षाका कारण ढोरपाटन महिला भलिबल प्रतियोगिता अन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र...
महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खल्ने
काठमाडौँ, ९ माघ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७...
२५६ औं बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढीसम्मको हाफ म्याराथुन सुरु
हेटौँडा, ९ माघ । २५६ औं मकवानपुरगढी बिजय उत्सवको अवसरमा आयोजना भएको हाफ म्याराथुनको शुभारम्भ भएको छ । प्रदेश नंं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले म्याराथुनको शुभारम्भ गरेका हुन् । २१ किलोमिटरको हाफ म्याराथुन हेटौँडाबाट मकवानपुर गढीको मनकामना मन्दीर हुँदै...
तेह्रौं साग निर्धारित मितिमा नहुने भन्दै एनओसीलाई पत्र
काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै ६ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई...
महिला क्रिकेट टीम आज स्वदेश फिर्ता
काठमाडौं ६ माघ । एसीसी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ । महिला टीम आईतबार स्वदेश फर्केका हुन् । स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । ‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर...
क्रिकेट टी–२० को उपाधि जित्न नेपाललाई एकसय २२ रनको लक्ष्य
काठमाडौं ५ माघ । थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेटको फाइनलमा नेपालले जितका लागि एक सय २२ रन बनाउनु पर्ने भएको छ । शबिनार दिउँसो भएको खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर...
महिला टी–२० स्मास क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं २ माघ । थाइल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा नेपालले आयोजक थाइल्यान्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले १५.४ ओभरमा...
महिला टी–२० : नेपाल लगातार तीन खेल जित्दै सेमिफाइनलमा
काठमाडौं ३० पौष । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराउदै नेपाल सेपमिफाइनलमा पुगेको हो । सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको...
महिला टी–२० क्रिकेट : मलेसिया ६ विकेटले पराजित
काठमाडौं २९ पौष । महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । रोमा थापाले २०...









