खेलकुद
‘बि’ डिभिजन लिग फुटबल आजदेखि शुरु
काठमाडौँ, २५ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र...
बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने
मकवानपुर, २४ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने भएको छ । आज हुने फाईनल खेल बकैया गाउँपालिका वडा नं. ४ जुरेली खेलमैदानमा दिउँसो ३ः०० बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । सेमिफाईनल...
शुक्रबारदेखि हेटौंडामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने
मकवानपुर २४ माघ । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । शिक्षक भलिबल प्रतियोगीता यही माघ २५ गतेदेखि शुरु हुने बुधबार पत्रकार सम्मेलनमा आयोनजकले जानकारी दिएको छ । उक्त प्रतियोगितामा २० जना विद्यालयहरुको सहभागिता रहने छ । प्रतियोगिताको...
बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा वडा नं. ३ र ४
मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा बकैया वडा नं. ३ र वडा नं.४ भिडने भएका छन् । सेमिफाईनल खेलमा वडा नंबर ३ ले ५ तथा ४ ले र ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल...
शृङ्खला विजेता नेपाली टोली आज स्वदेश आउँदै
काठमाडौँ, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न ३ः०० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए...
महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामारसँग खेल्ने
काठमाडौँ, १९ माघ । भारतको भूवनेश्वरमा आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामार खेल्ने भएको छ । भारतीय फुटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्ने भएको हो । आसन्न साफ च्याम्पियनसिप र...
वर्षाका कारण खेल स्थगित
काठमाडौँ, १८ माघ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने भनिएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार शनिबार इस्लामावादको...
टी–२० क्रिकेट : नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब
काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ...
मकवानपुरको बकैयामा आजबाट ‘बकैया गोल्डकप’ सुरु, १२ टिमले सहभागी जनाउने
मकवानपुर १७ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट ‘बकैया गोल्डकप’ सुरु हुने भएको छ । बकैया खेलकुद विकास समितिको आयोजनामा आयोजन गरिएको गोल्डकमा गाउँपालिकाका १२ टिमले सहभागि जनाउने भएको छ । ‘बकैया गोल्डकप’ मा प्रथम टिमले नगद ७५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दास्रो हुने टिमले नगद...
क्रिकेटमा इतिहास कायम गर्ने मौका
काठमाडौँ, १४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका मिलेको छ । गत वर्ष एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला...








