शुक्रबारदेखि हेटौंडामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने
मकवानपुर २४ माघ । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।
शिक्षक भलिबल प्रतियोगीता यही माघ २५ गतेदेखि शुरु हुने बुधबार पत्रकार सम्मेलनमा आयोनजकले जानकारी दिएको छ । उक्त प्रतियोगितामा २० जना विद्यालयहरुको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रोले रु ५ हजार नगद सहितशिल्ड मेडल प्राप्त गर्ने संघका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । प्रतियोगिताका लागि १ लाख ५७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
