महिला टी–२० क्रिकेट : मलेसिया ६ विकेटले पराजित

तु खबर संवाददाता
२०७५ पुष २९, आईतवार १२:२१

काठमाडौं २९ पौष । महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रनमा अविजित रहिन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् ।