‘ए’ डिभिजन लिग : चार दिनको विश्रामपछि एघारौँ चरणका खेल शुरु
काठमाडौँ, ११ पौष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११ औँ चरणका खेल आजदेखि शुरु हुुँदैछ । चार दिनको विश्रामपछि ११ औँ चरणका खेल आजदेखि शुरु भएको हो ।
आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्काे खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ ।
दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुने छन् । तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ ।
