खेलकुद

ईपीएलमा चितवन ११ रनले पराजित

काठमाडौं २३ मङ्सिर। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुरले चितवनलाई ११ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै...

‘ए’ डिभिजन लिगको सातौ चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पा बराबरी

काठमाडौं २२ मङ्सिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पा र पुलिस क्लब बराबरीमा भएका छन् । शनिबार भएको सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पाले पुलिससँग १–१ गोलको बराबरी गरी दुबै टोलीले अंक बाँडेका हुन् । खेलको ३२ औ मिनेटमा पुलिसका...

‘ए’ डिभिजन लिग फुटबलको आजदेखि सातौं चरणको खेल हुँदै

काठमाडौँ २२ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल आजदेखि हुँदैछ । आज एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खल्नेछ । त्यस्तै दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल संघ (एन्फा)...

राष्ट्रिय भेट्रान्सको २ क्वाटरफाईनल र २ सेमिफाइनल आजै हुने

हेटौडा २१ मंसिर । हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगितामा क्वाटरफाईनल र सेमिफाइनल आजैं हुने भएको छ । हेटौंडा–६ चौघडास्थित वंशगोपाल मा.वि.को खेलमेदानमा आज २ वटा क्वाटरफाईनल र २ वटा सेमिफाईनलका खेलहरु हुने भएको हो । आजको खेलमा बगरभाई भेट्रान्स र चितवन भेट्रान्सबीच र एबिसि पोखरा...

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौँ, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज दुई खेल हुने भएको हो । पहिलो खेलमा फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा...

राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल खेलमा एविसी पोखरा विजयी

हेटौंडा १९ मंसिर । हेटौँडा–६ चौघडामा आजदेखि शुरु भएको राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एविसी पोखराले विजयी सुरुवात गरेको छ । भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सह–आयोजनामा बंशगोपाल मा.विको खेल मैदानमा भएको प्रतियोगितामा सिएफटी, हेटौँडालाई २–० गोल अन्तरले पराजित गर्दै पोखरा विजयी भएको...

‘ए’ डिजिभन लिग फुटबलमा एनआरटी क्लब पराजित

काठमाडौँ, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

‘ए’ डिभिजन लिग फुटबलको छैटौँ चरणका खेल आजदेखि शुरु

काठमाडौँ, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछ । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी क्लब प्रतिस्पर्धा गर्ने भएको छ भने अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब पनि खेल्ने भएको छ । दुबै खेल एन्फा...

भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता

हेटौँडा १७ मंसिर । बंशगोपाल मा.वि हेटौंडा–६, चौघडाको खेल मैदानमा यही मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी तिब्र पारिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको हो । हेटौँडा भेट्रान्सको आयोजना एवं  वडा  नम्बर ६ कार्यालयको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका...

‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब पराजित

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा...