ए डिभिजन लिग : आजको पहिलो खेलमा एनआरटी पराजित

तु खबर संवाददाता
२०७५ पुष २, सोमबार १५:२४
file-photo

काठमाडौं २ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्बलसँग एनआरटी १–० गोलअन्तरले पराजित भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे ।

जितसँगै हिमालयन शेर्पा क्लबले नवौं खेलबाट १४ अंक बनाएको छ । त्यस्तै, हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ । लिगको पुछारमा रहेको एनआरटी अझै जितविहीन रहेको छ ।