ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने

तु खबर संवाददाता
२०७५ पुष २, सोमबार ११:०४
file-photo

काठमाडौं २ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । त्यस्तै, आजै हुने अर्काे खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको मैदानमा साढे २ बजे हुने खेलमा संकटा फ्रेन्ड्सविरुद्ध जितको खोजिमा हुनेछ ।

त्यस्तै, आजै २ बजेर ३० मिनेटमा हुने अर्काे खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नछ ।