इपिएल अन्तरगत आजको पहिलो खेलमा चितवन पराजित

तु खबर संवाददाता
२०७५ मंसिर २४, सोमबार १३:५३

काठमाडौँ, २४ मङ्सिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन पराजित भएको छ ।

काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको हो । अहिले दास्रोे खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।