ईपीएल क्रिकेट : आज काठमाडौं र ललितपुर भिड्दै

तु खबर संवाददाता
२०७५ पुष ३, मंगलवार ११:३४

काठमाडौं ३ पौष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो ।

लिग चरणको खेलमा भने ललितपुरले काठमाडौंलाई १० विकेटले पराजित गरेको थियो । यही जितलाई निरन्तरता दिने लक्ष्यमा ललितपुर रहेको छ । काठमाडौं भने हारको बदला लिने दाउमा रहेको छ ।