खेलकुद

राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना

हेटौंडा ७ मंसिर । काठमाडौंमा जारी प्रथम नोविन राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना बक्सर क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बिहिबार भएको खेलमा ३ जना खेलाडीले जित हात पार्दै क्वाटर फाइनल प्रवेश गरेका हुन् । त्यस्तै २ खेलाडीले यसअघि नै बाई पाउँदै कवाटर फाईनल प्रवेश गरिसकेका छन् । प्रतियोगीतामा...

महिला फुटबल टोली नेपाल फर्कदै

काठमाडौँ, २८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज नेपाल फर्कदै छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला...

अवैध रुपमा ओखर खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, ६ कात्तिक । कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी नर्लिङ गेट अगाडी अवैध रुपमा ओखर खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नगद २२ हजार रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । घट्नाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेभेन ए साईडको उपाधि सिद्धार्थको पोल्टामा

हेटौँडा, १ कात्तिक । विजया दशमीको अवसरमा सगरमाथा युवा क्लब हेटौँडा–१९ डुमारेद्वारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिदार्थ युवा क्लब हेटौँडा १९ ज्यामिरेले जितेको छ । बुधबार भएको फाईनल खेलमा बुद्धमार्ग युवा क्लब हेटौँडा ११ सरस्वतीलाई ८–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको कार्यक्रम संयोजक कल्पना...

चङ्गा चेट प्रतियोगितामा लामा प्रथम

हेटौडा २८ असोज । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा प्रथम सुनिलकुमार लामा, दोस्रो सुनिल खड्गीे र तेस्रो विनोद खड्गी भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र...

टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार

हेटौडा २५ असोज । हेटौंडा–६ चौघडामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार युवा क्लब प्रवेश गरेको छ । बुधबार भएको सेमिफाईनल खेलमा बंशगोपाल युवा क्लब सी लाई हराउँदै कल्याणटारले फाईनलको यात्रा तय गरेको हो । कल्याणटारले बंशगोपाललाई ट्राईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द...

टोलस्तरीय फुटबल प्रतियोगितामा प्रगतिशिल र रामनगर विजयी

हेटौंडा, २२ असोज । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा आईतबार २ वटा खेल भएको छ । प्रगतिशिल युवा क्लब चुच्चेखोला र कल्याणटार युवा क्लबको बीचमा भएको पहिलो खेलमा प्रगतिशिल युवा क्लब विजयी भएको छ । कल्याणटारलाई प्रगतिशिलले २ गोल अन्तरले पराजित गरेको हो ।...

साविक पदमपोखरी गाविस स्तरीय भलिबलको उपाधि भोर्ले ‘ए’ लाई

–चन्द्र घलान हेटौँडा, २० असोज । हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय तथा खेलकुद समिति हेटौँडा १२ को आयोजनामा भएको साविक पदमपोखरी गाविस हाल हेटौँडा १२ र १३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ को भोर्ले युवा क्लब ‘ए’ ले जितेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा...

हेटौँडामा असोज २७ गते चङ्गा चेट प्रतियोगिता हुने

हेटौंडा, १७ असोज । हिन्दुहरुको महानपर्व बडादशैंको सन्दर्भ पारेर हेटौँडामा यही असोज २७ गते चङ्गा चेट प्रतियोगिता हुने भएको छ । जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा नगद पुरस्कारसहित चङ्गा चेट प्रतियोगिता हुन लागेको हो । हेटौंडा–१, जरुवाटोलमा अवस्थित खुला मैदानमा हुने प्रतियोगितामा करिब ६५ जनाले सहभागिता...

महिला भलिबल प्रतियोगिताका सेमिफाइनल खेल आज

काठमाडौँ, १६ आसोज । नेपाल भलिबल संघ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू...