महिला फुटबल टोली नेपाल फर्कदै

तु खबर संवाददाता
२०७५ कार्तिक २८, बुधबार १४:२३
file-photo

काठमाडौँ, २८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज नेपाल फर्कदै छ ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।

नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो । नेपाल रहेको समूहबाट म्यानमा विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बङ्गलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।