खेलकुद

हेटौँडामा भदौ ७ गतेदेखि फुटसल प्रतियोगिता

हेटौँडा, ०२ भदौ । यही भदौ ७ गतेदेखि हेटौंडामा वीरेन्द्र राई स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । एफसी मल्टिभिजनले आयोजनामा गर्न लागेको प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने आयोजकले विश्वास लिएको छ । भदौ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी,...

मकवानपुर बक्सिङ संघलाई ४० हजारको खेल सामाग्री

हेटौँडा, २६ साउन । मकवानपुर बक्सिङ संघलाई ४० हजार बराबरको खेल सामाग्री सहयोग प्राप्त भएको छ । संघलाई भ्याली कोल्ड स्टोर्स बालाजु,काठमाडौले खेल सामाग्री सहयोग गरेको हो । सशस्त्र प्रहरीका किरण थापा, सशस्त्रका बक्सिङ खेलाडी अनिल दाहाल र पूर्णबहादुर लामाले बक्सिङ संघका लाला पौडेललाई खेल सामाग्री हस्तान्तरण गरेका हुन्...

म्यानचेस्टर सिटीले जित्यो कम्यूनिटी शिल्ड

काठमाडौं, २१ साउन । कम्यूनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । आईतबार राति भएको खेलमा चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोलले पराजित गरेको थियो । सिटीका लागि सर्जियो अग्युरोले दुवै गोल गरे । उनले खेलको १३...

अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको पहिलो जित

काठमाडौँ । कप्तान पारस खड्काले अन्तिम बलमा विकेट लिएपछि नेपालले शुक्रबार एकदिवसीय अन्र्तराष्ट्रिय खेलमा इतिहासकै पहिलो जित हाँसिल गरेको छ । आजको नागरिक दैनिक मा खबर छ । नागरिक दैनिकका अनुसार, अत्यन्तै रोमाञ्चक खेलमा नेदरल्याण्डलाई जित्नका लागि एक बलमा दुई रन चाहिएको अवस्थामा पारसले फ्रेड क्लासेनलाई रनआउट गर्दै नेपाललाई...

अभ्यास खेलका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

काठमाडौं, १८ साउन । अभ्यास खेलको लागि नेपाली फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली थाईल्याण्डतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिपको राष्ट्रिय टोली र एसियन गेम्सको यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली...

नेपालले आज अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा ऐतिहासिक डेब्यू गर्दै

काठमाडौँ, १६ साउन । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि पुलको काम गरिरहेको नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले यो अवसर पाएको हो । नेपालले बुधबार नेदरल्यान्ड्ससँग भिड्नेछ । साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले...

युवा ब्यवसायी लामाद्वारा हेटौँडा फुटबल एकेडेमीलाई खेल सामग्री हस्तान्तरण

मकवानपुर १४ साउन । हेटौँडामा फुटबल क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हेटौँडा फुटबल एकेडेमीलाई युवा ब्यवसायी प्रकाश लामाले खेल सामग्री हस्तान्तरण गरेका छन् । आज हेटौँडामा एकेडेमीका कोच भिम लामालाई ब्यवसायी प्रकाश लामाले चार थान फुटबल सहित ३० थान मार्कर तथा ३० थान कोन हस्तान्तरण गरेका हुन् । हेटौँडामा...

हेटौँडाको हुप्रचौरमा महिला राष्ट्रिय फुटबलको फाईनल भिडन्त आज

हेटौँडा, ०३ साउन । उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को फाइनल खेल आज मकवानपुरको हेटौँडामा अवस्थित हुप्रचौरमा हुँदैछ । आजको फाइनल खेलमा सिन्धुपाल्चोक र काठमाडौं भिड्ने छन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै काठमाडौंले मकवानपुरलाई ३–०...

कोरा साईकल च्यालेन्जको तयारी अन्तिम चरणमा, ५ गते हेटौँडामा साईकलमा सरर

मकवानपुर, ०२ साउन । हेटौंडामा पहिलो पटक यही साउन ५ गते ‘हेटौंडा कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । स्थानिय पर्यटन प्रवद्र्धन हुने तरिकाले कोरा कार्यक्रमको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हेटौंडा राइडर्स क्लबले आयोजना गरेको साइक्लिङ कार्यक्रममा देशभरका २ सय जना...

विश्वकप फुटवल – कसले कति पुरस्कार पाए ?

मकवानपुर ३२ असार । विश्वकप फुटवलको २ हजार १८ को उपाधि फ्रान्सले हात पारेको छ । रसियामा २१औं संस्करणको फिफा विश्वकप फुटबलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको थियो । उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ ।...