म्यानचेस्टर सिटीले जित्यो कम्यूनिटी शिल्ड
काठमाडौं, २१ साउन । कम्यूनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । आईतबार राति भएको खेलमा चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोलले पराजित गरेको थियो ।
सिटीका लागि सर्जियो अग्युरोले दुवै गोल गरे । उनले खेलको १३ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले ५८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० गोलले अघि बढेको थियो ।
सिटीले २०१२ मा पनि शिल्डको उपाधि जितेको थियो । सिटीले त्यतिबेलमा पनि चेल्सीलाई ३–२ गोलले पराजित गरेको थियो ।
