खेलकुद

इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा, कोलम्बिया पराजित

रसिया, २० असार । कोलम्बियालाई पेनाल्टी शुट आउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो । निर्धारित समयमा विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १–० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस...

२४ वर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा, स्विट्जरल्याण्डको ६४ वर्षीय सपना चक्नाचुर

रसिया, २० असार । मंगलबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वार्टर खेलमा स्टिजरल्याण्डलाई हराउँदै २४ बर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । स्विडेनले स्विटजरल्याण्डको ९ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाउन सफल भएको छ । २४ वर्षपछि पहिलो...

विश्वकप फुटबलमा ब्राजिल लगातार सातौँ पटक क्वाटरफाईनलमा, मेक्सिको पराजित

रसिया, १८ असार । चर्चित फुटबल टिम ब्राजिल विश्वकप फुटबलको क्वाटर फाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० गोलअन्तरमा पराजित गर्दै पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिल लगातार सातौं पल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । रुसको सामारा एरिनामा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा...

विश्वकपको सेमिफाइनल यात्रामा रसिया र क्रोएसियाको चर्काचर्की

रसिया, १८ असार । विश्वकप फुटबलको सेमिफाइनल यात्रा तय गर्नका लागि आज रसिया र क्रोएसियाबिच भिडन्त हुँदैछ । आइतबार रातिका आ–आफ्ना खेल जित्दै दुवै देशले क्वार्टरफाइनलको भेट पक्का गरेका थिए । आइतबारको दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । नाटकीय पाराको पेनाल्टी सुटआउटमा क्रोएसियालाई क्वार्टरफाइनल पुर्याउन गोलकिपर...

४० पटक आमने सामने भएको ब्राजिल र मेक्सिकोको आज घम्साघम्सी

रसिया, १८ असार । पाँच पटकको विश्व च्याम्पियन बनिसकेको ब्राजिलका लागि आज मेक्सिकोले चुनौति दिँदैछ । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा रहेको छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो...

भण्डारीको ६७ औँ जन्म जयन्तीमा हेटौँडामा मैत्रीपूर्ण फुटबल

हेटौँडा, १३ असार । जन नेता मदन भण्डारीको ६७ औँ जन्म जयन्तीका अवसरमा आज हेटौँडामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । तिन दिने कार्यक्रम अन्तर्गत आज दोश्रो दिन मदन भण्डारी स्पोट्र्स एकेडेमी तथा विद्यालय खेलकुद शिक्षक संघ र निजामति कर्मचारी संगठनबिच हेटौँडाको हुप्रचौरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दुबै टिमले...

नवोदय शिशु सदन हेटौंडामा आज टेबुल टेनिस प्रतियोगिता हुने

मकवानपुर ७ असार । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन बोर्डिङ स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विहीबारबाट एकल टेबुल टेनिस प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी तीनदिनसम्म विद्यालयमै सञ्चालन हुने प्रतियोगितामा सामूदायिक तथा नीजि विद्यालयका मावि तथा आधारभूत गरी दुई तहमा प्रतियोगिता गराईने विद्यालयले जनाएको...

विश्वकपमा उलटपुलट, उपाधीका दाबेदार ब्राजिल बराबरीमा रोकियो, जर्मनी पहिलो खेलमै पराजित

एजेन्सी, ०४ असार । विश्वकप फुटबल २०१८ सुरुवातमै निकै नै चर्चामा पुगेको छ । विश्वकप पूर्व विजेता तथा उपाधीका दाबेदार टिमलाई नै नयाँ टिम र कमजोरी आँकलन गरिएका टिमहरुसँग बराबरीमा रोकिने र हार्ने गरेका कारण अहिले यसको चर्चा चुलिएको हो । विश्वकपमा उलटपुलट भएसँगै नेपाली फ्यानहरु समेत तितरबितर भएका...

बारामा प्रथम मेयर कपको फाईनल भिडन्त आज, वडा नम्बर १ र २ भिड्दै

अनिल प्रित, बारा, ०२ असार । बाराको सिमरामा जारी जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय प्रथम मेयर कप फुटबलको उपाधिका लागि आज वडा नम्बर १ र वडा नम्बर २ भिड्ने भएका छन् । यस अघि सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १...

फाखेलमा प्रहरीद्वारा सार्वजनिक स्थानमा विश्वकप हेर्न रोक

मकवानपुर, ०१ असार । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुरुप मकवानपुरको फाखेलमा प्रहरीले सार्वजनिक स्थानमा विश्वकप हेर्न रोकेको छ । बिहिबारबाट सुरु भएको विश्व कप फुटबलको २१ औँ संस्करण हेर्न फाखेलको पुरण्डीमा जम्मा भएका युवाहरुलाई प्रहरीले जिल्ला प्रशासनको सूचना सुनाउँदै रोकेका हुन् । प्रहरीले रोकेपछि युवाहरुले समेत घरमै...