फुटबलमा कक्षा १२ को जीत, क्रिकेटमा कलेज एडमीन पराजित
मकवानपुर, २२ असार । हेटौँडा सिटी कलेजको आयोजनामा संचालित एच सीसी स्पोर्टस् फेस्टिभल (HCC Sports Festival) को फाइनल भिडन्त बिहीबार सकिएको छ । बिहीबार भएको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा सिटी कलेज कक्षा १२ टिम विजयी भएको छ ।
कक्षा १२ ले बि.एस.सी.सीएसआईटी चौथो सेमेस्टर (BSC.CSIT 4th semeste) लाई पराजित गर्दै जीत हासिल गरेको हो । त्यस्तै क्रिकेट प्रतियोगितामा बि.एस.सी.सीएसआईटी दोस्रो सेमेस्टर (BSC.CSIT 2nd semester) को टिमले कलेज एडमीनलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको छ ।
असार १३ गतेबाट संचालित प्रतियोगितामा कलेजमा प्लस टुमा अध्ययन गर्ने विज्ञान संकाय, वाणिज्य संकाय, बिबिएस, बिएससी सीएसआईटीका विद्यार्थीहरुका बिचमा कलेज एडमीनहरुले प्रतिस्पर्धा गरेका थिए । फेस्टिभलमा क्रिकेट, फुटबल, भलिबल तथा चेस लगायतका खेलहरु संचालन भएका थिए ।
