खेलकुद
हेटौँडाको सार्वजनिक स्थानमा ठूलो पर्दामा विश्वकप फुटबल हेर्न रोक
हेटौँडा, ३१ जेठ । बिहिबारबाट सुरु हुनलागेको विश्व कप फुटबलको २१ औँ संस्करण हेटौँडामा खुला सार्वजनिक स्थानमा हेर्न नपाईने भएको छ । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गर्दै हेटौँडाका कुनै पनि सार्वजनिक स्थानमा ठूलो पर्दामा...
सिमरामा जारी प्रथम मेयर कपमा वडा नम्बर ५ क्वाटरफाईनलमा प्रवेश
–अनिल प्रित बारा, २६ जेठ । सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ लाई पराजित गर्दै वडा नम्बर ५ क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा वडा नम्बर १४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नंं ५ अन्तिम आठमा प्रवेश गरेको हो...
खुल्ला शिक्षक भलिबलमा बुद्ध माविको जीत, आधुनिक पराजित
हेटौँडा, २५ जेठ । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा आजदेखि हेटौँडामा खुल्ला पुरुष शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । आज दिउँसो हेटौँडाको हुप्रचौरमा भएको खेलमा आधुनिक राष्ट्रिय उच्च माविलाई हेटौँडा १२ पान्तलेको बुद्ध माविले पराजित गरेको छ । बुद्धले १६–२५, २५–१० र १५–११ को...
नेपाल पुलिस क्लबको फाईनल यात्रा तय
नुवाकोट, २५ जेठ (रासस) । यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब कास्की–११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित खेल मैदानमा बिहीबार भएको खेलमा पेनाल्टीमा पुलिस क्लब ३–२ गोल अन्तरले कास्कीलाई हराएर फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको...
आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ६० प्रतिशत काम बाँकी
बाँके, २४ जेठ (रासस) । आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ । मध्यपश्चिम...
तङ्ग इल मो–दो संघ मकवानपुरको बेल्ट प्रमोशन– ७ खेलाडीलाई पहेँलो बेल्ट प्रदान
मकवानपुर, २० जेठ । तङ्ग इल मो–दो संघ (एकीकृत मार्सल आर्ट) मकवानपुर शाखाको बेल्ट प्रमोसन कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । संघका राष्ट्रिय प्रशिक्षक तेजबहादुर सिंहको अध्यक्षतामा बेल्ट प्रमोशन भएको हो । कार्यक्रममा ७ जना खेलाडीहरुलाई सेतो बेल्टबाट पहेँलो बेल्टमा बढुवा गरिएको W-Carp मकवानपुर शाखाका सहायक प्रेमबहादुर घलानले जानकारी...
प्रदेश नम्बर ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा
पोखरा, १९ जेठ । युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका...
हेटौँडामा जेठ १३ गतेदेखि साफ च्याम्पियनसिप फुटबलको छनौट खेल हुने
हेटौँडा, ११ जेठ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही जेठ १३ देखि १५ गतेसम्म हेटौँडाको हुप्रचौरमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि छनौट खेल संचालन हुने भएको छ । आउँदो २० अगष्टदेखि २८ अगष्ट सम्म भुटानको राजधानी थिम्पुमा हुने अण्डर १५ महिला साफ च्याम्पियनसिप फुटबल तथा २८ अगष्ट देखि...
कोलकत्ता आईपिएलको क्वालिफायरमा
भारत, १० जेठ । बुधबार राति भएको इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा घरेलु टोलीले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको...
सन्दीप लामिछानेले पाए कार उपहार
काठमाडौँ ९ जेठ । इन्डियन प्रिमियर लिगआइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद...









