खेलकुद

विश्व ११ को प्रतिनिधित्व गर्दै क्रिकेटर सन्दिप लामिछाने

काठमाडौँ, २ जेठ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् । गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा) इङग्ल्यान्डको लर्ड्समा हुनेछ ।...

हेटौँडा कप टी–२० क्रिकेटको उपाधिमा हेटौँडा क्रिकेट क्लबको पोल्टामा

हेटौँडा, १ जेठ । जिल्ला क्रिकेट संघको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा मकवानपुरको हेटौँडामा आयोजना गरिएको हेटौँडा कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधि हेटाँैडा क्रिकेट क्लबले जितेको छ । आज हेटौँडाको हुप्रचौरमा भएको फाईनल खेलमा हेटौँडा क्रिकेट एकेडेमीलाई १३ रनले पछि पार्दै हेटौँडा क्रिकेट क्लबले उपाधि...

प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि थाहाको पोल्टामा

–प्रमोद कुमार राई मकवानपुर, ३० बैशाख । मकवानपुरको बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको ‘प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिता’को उपाधि थाहा खेलकुद विकास समितिले जितेको छ । आईतबार जनता मा.वि. फापरबारीको खेल मैदानमा भएको फाईनल खेलमा काभ्रेको खानीखोला ६ नम्बर टिमलाई पराजित गर्दै थाहाले जीत हात पारेको...

प्रथम प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं, २७ बैशाख । राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपालय इन्टरनेसनलको व्यवस्थापनमा र राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको विजेता टिमले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त...

हेटौँडामा हेटौँडा कप टी–२० क्रिकेटको उद्घाटन खेलमा मकवानपुर विजयी

हेटौँडा, २३ बैशाख । क्रिकेट एशोसियशन अफ मकवानपुरको आयोजनामा आईतबारबाट हेटौंडामा सुरु भएको हेटौंडा कप टि ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा सिमरा क्रिकेट क्लव बारालाई हराउँदै मकवानपुर क्रिकेट क्लव विजयी भएको छ । हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुरले सिमरालाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर...

हेटौँडामा बैशाख २३ गतेदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने

हेटौँडा, १८ बैशाख । हेटौँडामा यही बैशाख २३ गतदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुने भएको हो । प्रतियोसिगतामा मकवानपुरका ४ टिम र बारा, पर्सा, रौतहट र काठमाडौँका ६ टिम सहित १० टिमको सहभागिता...

दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा

काठमाडौँ, १२ बैशाख । टिमको खराब अवस्थाको सम्पुर्ण जिम्मा लिँदै टिम दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानबाट राजिनामा दिएका छन । पहिलो खेलका अर्धशतक बनाएका उनले बाँकी ५ खेलमा राम्रो गर्न सकेनन् । उनले दिल्लीमा पत्रकार सम्मेलन गर्दै राजिना दिएका हुन् । गम्भिरको स्थानमा अब नयाँ कप्तान श्रेयस...

ईन्द्रसरोवर रनिङ शिल्ड देउराली सेवा समाजको पोल्टामा

-आशबहादुर लामा मकवानपुर, ११ बैशाख । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटबल प्रतियोगिता देउराली सेवा समाजले जितेको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिद्वारा अयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा लिटल स्टार युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि...

ईन्द्रसरोबर फुटबल प्रतियोगिता : ग्याङ स्टार र लिटल स्टार विजयी

–आशबहादुर लामा मकवानपुर, ७ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीबार ३ खेल भएका छन् । प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नाटेश्वरी युवा क्लब र बत्सलादेवी युवा क्लब बराबरीमा रोकिएका छन् । त्यस्तै दोस्रो...

ईन्द्रसरोबर गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा फाखेल विजयी

–आशबहादुर लामा मकवानपुर, ५ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज कार्यक्रमका प्रमुख अतिथि एवं ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले उद्घाटन गरेका छन् । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा...