प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि थाहाको पोल्टामा

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार १८:४८
प्रथम बाग्मती गाउँपालिका खुला भलिबल प्रतियोगिता

–प्रमोद कुमार राई
मकवानपुर, ३० बैशाख ।
मकवानपुरको बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको ‘प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिता’को उपाधि थाहा खेलकुद विकास समितिले जितेको छ । आईतबार जनता मा.वि. फापरबारीको खेल मैदानमा भएको फाईनल खेलमा काभ्रेको खानीखोला ६ नम्बर टिमलाई पराजित गर्दै थाहाले जीत हात पारेको हो ।

थाहाले २५–२२, २१–२५, २५–१९ र २५–१९ को सेटमा खानीखोला ६ लाई पराजित गरेर उपाधि कब्जा गरेको हो । विजेता तथा उपविजेता टिमसहित उत्कृष्ट खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि तथा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले नगद पुरस्कारसहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरेका छन् ।

प्रथम बाग्मती गाउँपालिका खुला भलिबल प्रतियोगिता

प्रतियोगिताको विजेता थाहा खेलकुद विकास समितिले नगद ५० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता खानीखोला ६ काभ्रेले नगद रु. २५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी थाहाकै बलराम सुवेदी घोषणा भए । उनले नगद रु. ३ हजार सहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । समापन कार्यक्रम बाग्मति गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष अरुण बलको अध्यक्षतामा भएको थियो ।

प्रथम बाग्मती गाउँपालिका खुला भलिबल प्रतियोगिता

बैशाख २८ गतेदेखि ३० गतेसम्म भएको प्रतियोगितामा काभ्रेको खानीखोला ५ नम्बर र ६ नम्बर टिम, तामाङ सेवा समाज काभ्रे, बकैया खेलकुद विकास समिति बकैया, रेडक्रस उपशाखा गढी गाउँपालिका (क) र (ख), थाहा खेलकुद विकास समिति र बाग्मती खेलकुद विकास समिति गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय रेफ्रीहरु बिनोद श्रेष्ठ र दिपक कर्माचार्यले सान्दार खेल खेलाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*