हेटौँडामा बैशाख २३ गतेदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने
हेटौँडा, १८ बैशाख । हेटौँडामा यही बैशाख २३ गतदेखि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोसिगतामा मकवानपुरका ४ टिम र बारा, पर्सा, रौतहट र काठमाडौँका ६ टिम सहित १० टिमको सहभागिता रहने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्र ढकालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले उपाधीसहित नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित सिल्ड तथा मेडल प्राप्त गर्नेछ ।
सहभागी कुल टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकाउट प्रणालीमा खेल खेलाईने सचिव ढकालले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट बलर र व्याट्सम्यानलाई जनहरी ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
२ लाख ५० हजरा लागत अनुमान गरिएको प्रतियोगिता आयोजनाका लागी हेटौँडा उपमहानगरपालिकासहित हेटौँडाका निजी क्षेत्रको पनि साथ सहयोग रहने मकवापनुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुशराज दहालले जानकारी दिए ।
