विश्वकपको सेमिफाइनल यात्रामा रसिया र क्रोएसियाको चर्काचर्की

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १५:१४

रसिया, १८ असार । विश्वकप फुटबलको सेमिफाइनल यात्रा तय गर्नका लागि आज रसिया र क्रोएसियाबिच भिडन्त हुँदैछ । आइतबार रातिका आ–आफ्ना खेल जित्दै दुवै देशले क्वार्टरफाइनलको भेट पक्का गरेका थिए ।

आइतबारको दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । नाटकीय पाराको पेनाल्टी सुटआउटमा क्रोएसियालाई क्वार्टरफाइनल पुर्याउन गोलकिपर डेनियल सुबेसिचले उत्कृष्ट प्रदर्शन गरे । उनले पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितिमा रहेको खेलमा क्रोएसियाका ईभान राकिटिचले गोल गर्दै क्रोएसियालाई विजयी गराएका हुन् ।

खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा पेनाल्टी सुटआउटबाट निर्णय गर्नुपरेको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए । नोभ्गोरोड स्टेडियममा खेल सुरु भएको चार मिनेटमै २ गोल भए पनि बाँकी १ सय १६ मिनेटसम्म दुवै टोलीले गोल थप्न सकेनन् । खेलको पहिलो मिनेटमै माटिस होर्गेनसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर चौथो मिनेटमै मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा पुराएका थिए ।

पेनाल्टीमा दुवै टिमका सुरुका एक एक प्रहार किपरले बचाएका थिए । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए । त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोन तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितिमा पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*