हेटौँडामा भदौ ७ गतेदेखि फुटसल प्रतियोगिता

तु खबर संवाददाता
२०७५ भाद्र २, शनिबार ०८:३९
File Photo

हेटौँडा, ०२ भदौ । यही भदौ ७ गतेदेखि हेटौंडामा वीरेन्द्र राई स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । एफसी मल्टिभिजनले आयोजनामा गर्न लागेको प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने आयोजकले विश्वास लिएको छ ।

भदौ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैंया प्रदान गरिने आयोजक मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । ‘स्वर्गीय वीरेन्द्र राईले फुटबलमार्फत मकवानपुरमा पु¥याउनुभएको योगदानको कदर गर्दै फुटसल खेलाडीहरुको हौसला बढाउने उद्देश्यले यो प्रतियोगितालाई हामीले निरन्तरता दिन लागेका हौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यसलाई प्रत्येक बर्ष निरन्तरता दिंदै जाने योजना रहेको छ ।’ प्रतियोगिताको लागि करिब दुईलाख ५० हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ ।

खेलमा सहभागिता जनाउन चाहने टिमले यही भदौ ५ गतेसम्म टिम दर्ता गर्न सक्ने बताइएके छ । ए डिभिजन क्लव तथा मकवानपुरको विभिन्न क्लवबाट फुटबल खेलेका राईको करिब २ बर्षअघि हृदयघातका कारण निधन भएको थियो । उनको स्मृतिमा यसअघि हेटौंडामा रहेको गुगल स्पोर्टस् हाउसले फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । ‘यो प्रतियोगितालाई अब मल्टिभिजन क्लवले प्रत्येक बर्ष निरन्तरता दिनेछ’, अध्यक्ष श्रेष्ठले भने, ‘यस प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुले ५ गतेसम्म सम्पर्क गर्नुपर्ने छ । टिम दर्ता शुल्क ५ हजार रुपैंया तोकेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*