राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना
हेटौंडा ७ मंसिर । काठमाडौंमा जारी प्रथम नोविन राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना बक्सर क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा ३ जना खेलाडीले जित हात पार्दै क्वाटर फाइनल प्रवेश गरेका हुन् ।
त्यस्तै २ खेलाडीले यसअघि नै बाई पाउँदै कवाटर फाईनल प्रवेश गरिसकेका छन् । प्रतियोगीतामा क्वाटर फाईनल खेल आज शुक्रबार हुने जनाएको छ ।
