ईपीएलमा चितवन ११ रनले पराजित

तु खबर संवाददाता
२०७५ मंसिर २३, आईतवार १२:५५

काठमाडौं २३ मङ्सिर। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुरले चितवनलाई ११ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकालेको हो ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजबीच केही बेरमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।