‘ए’ डिभिजन लिगको आजदेखि आठौं चरण शुरु, पहिलो खेलमा सरस्वती क्लब विजयी
काठमाडौँ, २७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि आठौँ चरणको खेल शुरु भएको छ । आठौं चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए ।
जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार साताँै हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ ।
