इपिएल – एभरेस्ट प्रिमियर लिग प्रतियोगीताको फाइनलमा

तु खबर संवाददाता
२०७५ पुष ५, बिहीबार १५:३१

काठमाडौँ, ५ पौष । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १०१ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो ।

काठमाडौँका संसद शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाएको थियो ।