हेटौंडामा क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगीता
हेटौंडा ४ पौष । मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा क्याम्पस कमिटीको आयोजनमा क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगीता हुुने भएको छ ।
बिहिबार र शुक्रबार हुने भलिबल प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका भित्रका ६ क्याम्पस टिमको सहभागीता हुने भएको हो ।
प्रतियोगीता हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस, सिद्धार्थ मा.वि., हेटौंडा– १७ स्थित बालबोध मा.वि., हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थान, हेटौंडा–४ स्थित आधुनिक मा.वि.र हेटौंडा क्याम्सपको सहभागीता रहने आयोजकले जनाएको छ ।
