महिला भलिबल प्रतियोगीमा मकवानपुर बहुमुखी क्याम्पस पराजित

तु खबर संवाददाता
२०७५ पुष ६, शुक्रबार १६:१५
file-photo

हेटौँडा, ६ पौष । मदन भण्डारी स्पोर्ट्स एकेडेमी हेटौँडा क्याम्पसको आयोजनमा भएको नगर स्तरीय प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस पराजित भएको छ ।

हेटौंडा क्याम्पसले २५–२१ तथा २५–१९ मा मकवानपुर बहुमुखी क्याम्पसलाई पराजित गरेको हो । बिजयी तथा उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पुरस्कार वितरण गरेका थिए ।