ईपीएल क्रिकेटमा आज भैरहवाले चितवनसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं ४ पौष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटर राउण्डमा आज हुने खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
टियु क्रिकेट मैदानमा आज १ बजेदेखि शुरु हुने खेलमा दुबै टिम जितको खोजिमा हुने छन् । लिगमा तेस्रो भैरहवा र चौथो चितवन हुदै प्लेअफमा पुगेका थिए ।
विजेता टिम दोस्रो क्वालिफयर राउण्डमा प्रवेश गर्ने छ । दोस्रो क्वालिफायर राउण्डमा काठमाडौं किंग्ससँग प्रतिस्पर्धा गर्दै फाइनल प्रवेश यी दुई टिमले गर्ने छन् ।
