खेलकुद

सन्दीप लामिछानेलाई आयो यस्तो दुर्लभ अवसर

काठमाडौं, १४ फागुन । विभिन्न देशमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा एकपछि अर्को उपलब्धि हासिल गर्दै आएका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महत्वपूर्ण अवसर पाउनु भएको छ । उहाँले अर्को महिना बंगलादेशमा आयोजना हुने विश्व—११ र एसिया—११ बीचको टीट्वेन्टी क्रिकेटमा सहभागिता जनाउनु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीं) को एसोसिएट्स...

ट्रम्पले तेन्दुल्कर र कोहलीको नाम गलत भनेपछि…

नयाँदिल्ली, १४ फागुन । भारत भ्रमणको पहिलो दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय क्रिकेटर र बलिउड बारे प्रशंसा गर्दा अधिकांश सहभागीले तालीको गडगडाहट दिए । तर केही बेरमै सामाजिक सञ्जाल तात्यो । कारण थियो, ट्रम्पको गलत उच्चारण । अहमदाबादस्थित मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दा उहाँले सचिन तेन्दुल्कर र...

सुपरस्टार मेस्सीका छोरा रोनाल्डोका असल फ्यान

एजेन्सी, १३ फागुन । अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन । विश्व फुटबलकै महान यी दुई हस्तीको विषयमा पछिल्लो दशक चर्चा नभएको क्षण छैन । फुटबलमा प्रदर्शन र उपलब्धिको हिसावले...

मकवानपुर गोल्डकप फागुनमा नहुने, मैदान तयार पारिँदै

हेटौंडा, १२ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ फागुनमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाएको छ...

यस्ता छन् विश्वका पाँच ठूला फुटबल मैदान, कति छ क्षमता ?

काठमाण्डौ, ११ फागुन । विश्वमा सबैभन्दा लोकप्रिय खेल फुटबल हो । हरेक ४–४ वर्षमा आउने फुटबलको महाकुम्भले करिब ३० दिन सारा विश्वको ध्यान तान्ने गर्छ । अझै फुटबलको विश्कप आयोजना गर्ने देशले संसारको ठूलै उपलब्धी हासिल गरेको महशुस गर्छ । पछिल्लो समय फुटबलप्रतिको क्रेज अझ बढ्दो छ । विश्वका...

ग्लोबल अक्सनको आयोजनामा भलिवल र ब्याटमिन्टन

हेटौंडा, ३ फागुन । ‘सकारत्मक परिवर्तन का लागि खेल’ भन्ने मुल नाराका साथ ग्लोबल अक्सन नेपालको आयोजनामा तेश्रो अन्तर विद्यालय भलिवल तथा ब्याटमिन्टन प्रतियोगिता भएको छ । विद्यालयमा सिकाइ वातावरण निर्माण तथा लिङ्गका आधारमा हुने भेदभाव न्यूनिकरणका लागि सञ्चालित खेलौखेलौ कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिकाभित्रका १२ विद्यालयबाट १...

मकवानपुरका खेलाडीको पहिचान स्थापितः गृहमन्त्री बादल

हेटौंडा, ३ फागुन । नेकपाका केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मकवानपुरका खेलाडीको खुलेर प्रशंसा गरेका छन् । आज शनिवार मकवानपुरको बागमती गाउँपालिका आएका गृहमन्त्री बादलले यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकेको बताएका छन् । मकवानपुरका खेलाडीले खेलको माध्येमबाट देशलाई अन्तराष्ट्रियस्तरमा चिनाएको बताए ।...

मछिन्द्र पहिलो पटक लिग च्याम्पियन

काठमाडौं, ३ फागुन । मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि जितेको छ । मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा आज शनिवार भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै बलियो विभागीय टिमलाई पन्छाएर उपाधि...

हेटौंडामा फागुन दोस्रो सातादेखि जिल्लास्तरीय शिक्षक भलिबल

हेटौंडा, २ फागुन । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ हुप्रचौरमा रहेको भलिवल कोर्टमा फागुन ९ गतेदेखि भलिवल प्रतियोगिता हुन लागेको आज शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले...

गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिने भए ७० हजार

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने...