ट्रम्पले तेन्दुल्कर र कोहलीको नाम गलत भनेपछि…

तु खबर संवाददाता
२०७६ फाल्गुन १४, बुधबार १२:३१

नयाँदिल्ली, १४ फागुन । भारत भ्रमणको पहिलो दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय क्रिकेटर र बलिउड बारे प्रशंसा गर्दा अधिकांश सहभागीले तालीको गडगडाहट दिए ।

तर केही बेरमै सामाजिक सञ्जाल तात्यो । कारण थियो, ट्रम्पको गलत उच्चारण । अहमदाबादस्थित मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दा उहाँले सचिन तेन्दुल्कर र विराट कोहलीको नाम लिनु भएको थियो ।

इंग्याल्याण्डमा पूर्व क्रिकेटर केभिन पिटर्सनले ट्रम्पको गलत उच्चारणको भिडिओलाई केही बेरमै भाइरल बनाइदिनु भएको थियो । केभिनले ट्रम्पको उच्चारणलाई व्यंग्य गर्दै केही बेरमै ट्रोल बनाउनु भएको थियो ।

बेलायती टिभी प्रस्तोता पिएर्स मोर्गनलाई ‘मेन्सन’ गर्दै उहाँले ट्रम्पमाथि व्यंग्य गर्नु भएको हो । यस्तै न्युजल्याण्डमा क्रिकेटर जिम्मी निशामले समेत अप्रत्यक्ष रुपमा ट्रम्पलाई जिस्क्याउँदै ट्वीट गर्नु भएको थियो ।

ट्रम्पले मन्तब्यको क्रममा सोमबार भन्नु भएको थियो, ‘यो त्यस्तो मुलुक हो, जहाँका जनता संसारकै सबैभन्दा ठूला क्रिकेटर सचिन तेन्दुल्करदेखि विराट कोहलीसम्मको जयजकार गर्छन् ।’

तर उहाले सचिनलाई ‘सुचिन टेन्डोल्कर’ र विराटलाई ‘विरट कोली’ भन्नु भयो । ट्रम्पले सचिन र विराटको नामको गलत उच्चारण गर्दा सहभागीमाझ हाँसो गुन्जियो । साथै स्टेजमै रहेका प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुस्कुराउँदै हुनु हुन्थ्यो । एजेन्सी–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*