हेटौंडामा आजबाट भेट्रान्स कप ‘एट ए साइड’ फुटबल सुरु हुँदै
हेटौंडा, १७ फागुन । मकवानपुरको हेटौंडामा आज शनिबारबाट दोस्रो राष्ट्रिय भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
भुटनदेबी युवा क्लबको आयोजनामा हेटौंडाको हुप्रचौरमा हुने उक्त प्रतियोगिताको आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आज सुरु हुने उद्घाटन सत्र पहिलो खेलमा एफसी हुप्रा एम र हेटौंडा फुटसल भेट्रान्स, कोल्बी भेट्रान्स र बागमती गाउापालिका खेलकुद विकास समितिबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष सबिन मोक्तानले बताउनुभयो ।
आगामी फागुन २० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा आयोजक भुटनदेबी युवा क्लबसहित १२ वटा क्लब सहभागी हुने आयोजकले जनाइएको छ ।
खेलको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद एक लाख, द्धितिय हुने समूहले नगद ५० हजार लगायत शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
उत्कृष्ट खेलाडी र सम्पूर्ण खेलमा म्यान अफ दि म्याच हुनेले ट्रफी प्राप्त गर्ने अध्यक्ष मोक्तानले बताउनुभयो ।
