ग्लोबल अक्सनको आयोजनामा भलिवल र ब्याटमिन्टन
हेटौंडा, ३ फागुन । ‘सकारत्मक परिवर्तन का लागि खेल’ भन्ने मुल नाराका साथ ग्लोबल अक्सन नेपालको आयोजनामा तेश्रो अन्तर विद्यालय भलिवल तथा ब्याटमिन्टन प्रतियोगिता भएको छ ।
विद्यालयमा सिकाइ वातावरण निर्माण तथा लिङ्गका आधारमा हुने भेदभाव न्यूनिकरणका लागि सञ्चालित खेलौखेलौ कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिकाभित्रका १२ विद्यालयबाट १ सय ७५ जना विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो ।
पाँच दिनसम्म सञ्चालित प्रतियोगिताको भलिवल खेलमा युवा प्रतिभा विद्या मन्दिर प्रथम, जनउदय विद्या मन्दिर दोश्रो, अदर्श सौल मावि तेश्रो भएका छन् ।
प्रतियोगिताका विजेतालाई बागमती प्रदेशका सांसद जिवन खड्का तथा प्लय फर चेन्जका निर्देशक वलेरिअ इंग्निसले पुरस्कार वितरण गरेका थिए ।
