खेलकुद

ब्राजिलका स्टार रोनाल्डिन्हो नक्कली पासपोर्ट बोकेपछि पक्राउ

एजेन्सी, २२ फागुन । ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ पर्नु भएको छ । पाराग्वेको गृहमन्त्रालयका अनुसार, भाइ रोबर्टोसहित उहाँलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ । रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँहरु बसेको...

‘मनहरीमा मदन भण्डारी रंगशाला बनाएर छाड्छौं’

हेटौंडा, २१ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाको खेलकुद विकास समिति अध्यक्षमा नवीन सुवेदी नियुक्त हुनु भएको छ । मनहरी गाउँपालिकाले मंगलबार सुवेदीलाई खेलकुद विकास समिति अध्यक्षमा नियुक्त गरेको हो । यसअघि गत पुसमा गाउँ कार्यपालिका बैठकले सुवेदीलाई समितिको अध्यक्ष बनाउने निर्णय भएको थियो । मनहरी गाउँपालिका अध्यक्ष...

नेपालसँग टि–२० क्रिकेटमा थाइल्यान्ड ९ विकेटले पराजित

काठमाडौं, २१ फागुन । एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा लगातार दुई हार व्यहोरेको नेपालले पहिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको हो । नेपाल यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २२ र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित...

व्यक्तिगत खर्चमा खेलाडी उत्पादन गर्ने हेटौंडाका लामालाई सहयोग

हेटौंडा, २१ फागुन । व्यक्तिगत खर्चमा खेलाडीको उत्पादन गर्ने हेटौंडाका भिम लामालाई आईएमई लाईफ ईन्सुरेन्स हेटौंडा वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटाले आर्थिक सहयोग गर्नुभएको छ । खेलाडी उत्पादन गरेको समाचार सार्वजनिक भएपछि एजेन्सी म्यानेजर सापकोटाले भिमको हिम्मत र साहशको कदर गर्दै उहाँको ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।...

दोस्रो बकैया कप फुटबल बुधबारबाट सुरु

हेटौंडा, २० फागुन । मकवानपुरको बकैया गाउँपालिकामा भोली बुधबारबाट दोस्रो बकैया कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । सो प्रतियोगिता बकैया गाउँपालिकाको सहयोग एवम् गाउँ खेलकुद समन्वय समिति बकैयाको आयोजना हुने भएको हो । बकैया गनउँपालिका वडा नम्बर ४ स्थित जुरेली खेलकुद मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको...

हेटौंडाका राष्ट्रिय गोलरक्षक एलन रोजगारीका लागि विदेश प्रस्थान

हेटौंडा, १८ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिनु भएको छ । घरलु मैदान हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाउनु भएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा...

नेपालको दशकपछि मलेसियासँग हार

काठमाडौं, १७ फागुन । एसीसी टी–२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी–२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात...

फुटबल खेल्दा घुँडाको पाङ्ग्रा खुस्किएपछि…(भिडियो)

काठमाडौं, १७ फागुन । घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ। स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओटोली लड्दा उहाँको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उहाँको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो। तर उहाँले आफैंले उक्त खुस्किएको...

सन्दीप सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं, १७ फागुन । सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नु भएको छ । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध उहाँले विकेट लिँदै सय विकेट पूरा गर्नु भएको छ । थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह र खिजर हायात...

हेटौंडामा आजबाट भेट्रान्स कप ‘एट ए साइड’ फुटबल सुरु हुँदै

हेटौंडा, १७ फागुन । मकवानपुरको हेटौंडामा आज शनिबारबाट दोस्रो राष्ट्रिय भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । भुटनदेबी युवा क्लबको आयोजनामा हेटौंडाको हुप्रचौरमा हुने उक्त प्रतियोगिताको आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज सुरु हुने उद्घाटन सत्र पहिलो...