खेलकुद
हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताः आज दुई खेल हुने
मकवानपुर । हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताको आज दुई खेल हुँदैछ । पहिलो खेलमा चुरियामाइ टोल बिकास संस्थाले गौरी टोल बिकास सस्थाको सामना गर्नेछ भने दोश्रो खेलमा कालिदेवी टोल बिकास र पञ्चबुद्व टोल बिकास सस्था बिच हुने आयोजकले जनाएको छ । हिजो...
स्याङ्तान र पाख्रिनको पहलमा मनहरीका युवा क्लबलाई खेलकुद समाग्री
मकवानपुर । मनहरी गाउँपालिका वडा नं २ का ४ वटा युवा क्वबहरुलाई खेलकुद सामग्री सहयोग गरिएको छ । मनहरी गाउँपालिका निवासी चन्द्रबहादुर स्याङ्तान (माधव) र राजकुमार पाख्रिनको पहलमा खेदकुद सामग्री सहयोग गरिएको हो । युवा क्लबहरुलाई ६४ थान जर्सी र ४ ओटा फूटबल सहयोग गरिएको हो । मनहरी –...
मकवानपुरका खेल पत्रकार बानियाँ सम्मानित
मकवानपुर । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले गोल नेपाल डटकम मकवानपुरका संवाददाता विक्रमकुमार बानियाँलाई सम्मान गरेको छ । प्रतिष्ठानले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत विश्वसामु चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बानियाँलाई सम्मान गरेको हो । प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले आज एक कार्यक्रममा बानियाँलाई खादा ओढाएर प्रमाणपत्र सहित...
पोर्चुगिज स्टार रोनाल्डो युभेन्टसमै रहने
एजेन्सी, ३ चैत्र । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सले थप दुई वर्ष क्लबमै राख्ने प्रयास गरेको छ । क्लबसँग २०२२ सम्मका लागि रोनाल्डोको सम्झौता रहे पनि अझै थप दुईको सम्झौता गर्ने प्रयास गरेको जनाइएको छ । क्लबले रोनाल्डोलाई ३९ वर्षको उमेरमा २०२३–२४ को सिजन खेल्दै इटालीमा...
मनाङको जितमा हेटौंडाका तीन खेलाडी निर्णायक
हेटौंडा, ०१ चैत्र । हेटौंडाका ३ खेलाडीको निर्णायक भूमिकाले पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीले जितेको छ । मनाङले आज शनिवार भएको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मनाङले पुलिसको गोलपोष्टमा ४ गोल गर्दा हेटौंडाका अञ्जन विष्ट...
रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीको चार मिलियन युरो सहयोग
एजेन्सी, १ चैत्र । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् । पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ । रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् । ब्राजिलियन फुटबलर...
ओलम्पिक एकवर्ष सार्न राष्ट्रपति ट्रम्पको सुझाव
एजेन्सी, ३० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टोकियो ओलम्पिक–२०२० सार्न सुझाव दिनु भएको छ । विश्वभरि खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा ओलम्पिकलाई पनि केही समयपछि गर्न सुझाव दिनु भएको हो । ओलम्पिक सुरु हुन अब मात्र १३४ दिन बाँकी छ । ट्रम्पले ओलम्पिक एक वर्षका लागि सारिएमा त्यहाँ दर्शकहरुको...
मकवानपुर गोल्डकप अनिश्चित
हेटौंडा, २६ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ आयोजनामा अन्यौलता देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाउँदै चैत...
हेटौंडेली स्टार अञ्जनको गोलले मनाङ उपाधि नजिक
हेटौंडा, २५ फागुन । हेटौंडाका फुटबल स्टार अञ्जन विष्टको निर्णायक गोलले पोखरामा जारी १८ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मस्र्याङदीले स्थान सुरक्षित गरेको छ । मनाङले झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आहा रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । पहिलो हाफ बराबरी खेलेको मनाङका लागि अन्जनले...
क्रिस गेलसहितका स्टार खेलाडी आउने इपीएल क्रिकेट स्थगित
काठमाडौं, २२ फागुन । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित भएको छ । चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको...










