खेलकुद
बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ
काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट
कास्की । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।...
हेटौंडाको पूूर्वी क्षेत्रका युवालाई खेल्न फुटसल निर्माण गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको पुर्वी क्षेत्रका युवाहरुलाई खेल्न सहज हुनेगरी फुटसल निर्माण गरिदिने बताएका छन् । मेयर महतले बुद्धयुवा क्लब हेटौंडा–१७ हटियाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्दै हेटौंडा–१५, १६, १७ र १८ नम्बरका युवाहरुलाई खेल्नका लागि सहज हुनेगरी फुटसल निर्माण गर्न लागिएको बताएका हुन् ।...
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले...
मनहरीमा आजबाट अध्यक्ष कप फुटबल हुने
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा आज शनिबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । मनहरीमा तीन वर्षदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै आएको छ । बिहिबार खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ७ नम्बर वडा र ६ नम्बर वडाबीच हुनेछ । प्रतियोगितामा...
सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि
बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आइपुग्नुभएको छ । नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर...
टि–२० बरियतामा सन्दीप एक स्थान माथि
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियता अनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा पुगेका हुन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको...
गौतमबुद्ध कप मङ्सिर २७ देखि
चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने...
हेटौंडामा तेक्वान्दो प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा हेटौंडामा प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम भएको छ । सो कार्यक्रम मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै मेयर महतले आफुले हेटौंडाको खेल क्षेत्रलाई पथमिकता...
मकवानपुरको मनहरीमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले आज मनहरीको रजैयामा भएको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मदन भण्डारी क्षेत्रीय रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मंसिर २७...







